फागुनमा हुने निर्वाचनकालागि करिव ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान

User Image Prime TV News २ हप्ता अगाडि
Image of फागुनमा हुने निर्वाचनकालागि करिव  ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाडौ । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा नेपाल सरकारले कम्तीमा ५ अर्ब रुपैयाँ खर्च गर्ने अपेक्षा गरिएको छ। २०७९ सालको निर्वाचनमा ५ अर्ब ८२ करोड खर्च भएको थियो, तर यस पटक केवल प्रतिनिधि सभा निर्वाचन हुने भएकाले खर्चमा कमी आउने अनुमान गरिएको छ। मतपेटिका र मतपत्रको संख्यामा कटौती, कर्मचारी परिचालनमा कम खर्च र भत्तामा कटौतीका कारण खर्च घट्ने सम्भावना छ।

निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइसकेको छ र आगामी निर्वाचनमा स्वच्छ र निष्पक्ष वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ । यद्यपि, मतदाता नामावली दर्ता प्रक्रिया असार १७ गतेदेखि स्थगित भएको छ, जसलाई कानूनी रुपमा समाधान गर्न अध्यादेश आवश्यक पर्ने आयोगको भनाई छ ।

आयोगले निर्वाचनलाई सफलता बनाउन राजनीतिक दलहरूको सहमति र सहकार्यमा निर्भर रहने बताएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि राजनीतिक विवादको समाधान निर्वाचनमार्फत मात्र सम्भव हुने कुरा औँल्याएका छन् । आगामी फागुनमा प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएसंगै राजनीतिक दलहरुले पनि निर्वाचन प्रक्रियामा सहभागिता जनाउने बताउदै आएका छन् ।