कांग्रेस विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु, शीर्ष पदाधिकारी अनुपस्थित
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । केन्द्रीय समितिले विशेष महाधिवेशनलाई मान्यता नदिएको कारण सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत अधिकांश शीर्ष पदाधिकारी उपस्थित छैनन्।
उद्घाटन सत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र पूर्वसभामुख तथा पूर्वमहामन्त्री तारानाथ रानाभाट सहभागी छन्।
महाधिवेशनमा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार, उदय शमशेर राणा, नानु बास्तोला, योगेन्द्र चौधरी र निवर्तमान सांसद विनोद चौधरी उपस्थित छन्।
त्यसैगरी पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ र सुधीर सिवाकोटी पनि महाधिवेशनमा सहभागी रहेका छन्।













