कांग्रेसको विशेष महाधिवेशनमा १७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको विशेष महाधिवेशनमा  १७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा आज देखि नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ।

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ। विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुने दुईदिने महाधिवेशनको पहिलो दिन आठ वटा स्टलबाट नाम दर्ता प्रक्रिया सुरु गरिएको छ।

बिहान ९ बजेदेखि सुरू भएको दर्ता प्रक्रियामा आज दिउँसो पौने ३ बजेसम्म १७ सयभन्दा बढी प्रतिनिधिले दर्ता गरिसकेका छन्। प्रतिनिधिहरूले आफ्नो परिचय प्रमाणपत्र र पासपोर्ट साइज फोटो लिएर स्टलमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा सहभागी सबैले प्रतिनिधित्व सुनिश्चित गर्न नाम दर्ता अनिवार्य छ।