एमालेले सातै प्रदेशमा चुनावी रणनीति बनाउन प्रादेशिक बैठक सुरु गर्‍यो

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेले सातै प्रदेशमा चुनावी रणनीति बनाउन प्रादेशिक बैठक सुरु गर्‍यो

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्यहरूले आगामी निर्वाचनको तयारी स्वरूप सातै प्रदेशमा प्रादेशिक बैठक सुरु गरेका छन्।

पार्टीका प्रदेश संयोजकहरूले आफ्नो प्रदेशका प्रतिनिधि पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग समन्वय गरी बैठक बोलाएका छन्। केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार, “सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस् भन्ने उद्देश्यले यस्तो पहल गरिएको हो।”

आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले बैठक आयोजना गरेका छन् भने मधेस, बाग्मती, कोसी र सुदूरपश्चिम प्रदेशको बैठक भोलि हुने छ। कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने तयारीमा छन्। कतिपय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएका छन्।