विशेष महाधिवेशनको निर्णय सबैले मान्नुपर्छः देवराज चालिसे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा नेता देवराज चालिसेले महाधिवेशनबाट आउने निर्णय सबैले मान्नुपर्ने बताएका छन्।
चालिसेले सभापति शेरबहादुर देउवालाई विधानअनुसार विशेष महाधिवेशनको आग्रह गर्दा नमानेपछि आफूहरूलाई कदम चाल्नु परेको बताए। उनले भने, “हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले पनि मान्नु पर्छ, वडाको सदस्यले पनि मान्नुपर्छ।”
विशेष महाधिवेशनको निर्णयमा कसैको बाहिरी प्रभाव नपर्ने र हलभित्रको प्रतिनिधिहरूको साझा इच्छाअनुसार निर्णय हुने पनि उनले जोड दिए। चालिसे विशेष महाधिवेशनका लागि अभियान चलाउने नेतामध्ये एक हुन् र पार्टीमा सुधार ल्याउन बाध्यकारी कदम चाल्नु परेको बताएका छन्।













