सुनिल शर्माद्वारा देउवालाई विशेष महाधिवेशन उद्घाटनमा आउन आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले पार्टीको विशेष महाधिवेशनको बन्द सत्रमा सभापति शेरबहादुर देउवालाई उद्घाटन गर्न आउन आग्रह गरेका छन्।
भृकुटीमण्डपमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै शर्मा भने, “शेरबहादुर दाई, तपाईं इतिहास बोकेको नेता हुनुहुन्छ। उमेर ८० कटिसक्नुभयो। अब माथिबाट मात्र बोलाइराखेको बेला भोलि बिहान हल उद्घाटनमा आउनुस्। हामी विकल्प दिन्छौं।”
शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूको उपस्थितिलाई ‘भिडले गिज्याएको’ उदाहरणका रूपमा उल्लेख गर्दै, “हाम्रो मार्ग मध्यमार्गी र विचारशील छ। झगडामा विश्वास छैन,” भने।
उनले पार्टीमा ५४ प्रतिशत हस्ताक्षर भएका मुद्दा समेत सामान्य हलमा छलफल गर्न नसक्नु बिडम्बना भएको बताए । उनले भने, “नेपाली जनताको लागि अग्रजहरूले लडेका हामीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत नमान्नु ठूलो बिडम्बना हो।”













