नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सानो गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँको मूल्यमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

बुधबार तोलामा २ हजार ५५० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।