विशेष महाधिवेशनको बन्द सत्र भोली विहान ८ वजे देखि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र भोली बिहान ८ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ । जारी उद्घाटनमा दिइएको जानकारी अनुसार बन्द सत्र भोली विहान ८ वजे देखि सुरु हुने भएको हो ।
प्रतिनिधि दर्ता बिहान सवा आज विहान ८ बजेबाट सुरु भएकोमा अहिलेसम्म ४,७४३ जनामध्ये ४९.३४ प्रतिशत अर्थात् २,३४० जना प्रतिनिधिले दर्ता गरिसकेका छन्। दर्ता प्रक्रिया सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्कमार्फत भइरहेको छ। प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गर्दा परिचय पत्र, पासपोर्ट साइज फोटो एक प्रति र १,००० रुपैयाँ दर्ता शुल्क साथमा लिएर आउनुपर्ने आयोजकले जानकारी दिएको छ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। कांग्रेसको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिको माग हुँदा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु अनिवार्य हुन्छ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टीको पुनर्जागरण र संस्थापनको बेवास्तालाई चुनौती दिने उद्देश्यसहित दुई दिने विशेष महाधिवेशन आजबाट सुरु भएको हो।












