उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौंः गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौंः गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनको उद्घाटन आफू र महामन्त्री विश्वप्रकाश शर्माले मिलेर गर्दा खुसी नलागेको बताएका छन्।

भृकुटीमण्डपमा जारी महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, “हामी मञ्चमा महामन्त्री शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्‍यौं। तर हामीलाई खुसी लागेको छैन। त्यो उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं।”

उनले पार्टीभित्र देखिएका मतभिन्नतालाई झगडा नभई विचारको संघर्ष भएको उल्लेख गर्दै भने, “कतिलाई बाहिरबाट हेर्दा कांग्रेसभित्र झगडा भइरहेको जस्तो लागेको होला। तर कुरा त्यो होइन। यो संघर्ष नै हो। तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो।”