विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व परिवर्त गर्छः महामन्त्री थापा

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व परिवर्त गर्छः महामन्त्री थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको नीति र नेतृत्व बदलिने संकेत दिएका छन्।

भृकुटीमण्डपमा आइतबार भएको विशेष महाधिवेशनमा सम्बोधन गर्दै थापाले महाधिवेशन प्रतिनिधिहरुले नीति र नेतृत्व दुवै परिवर्तन गर्न चाहेको बताए। तर उनले भने, “यो कहाँ गएर टुंगिन्छ भन्ने मलाई थाहा छैन। प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग गर्नु भएको छ।”

थापाले कांग्रेसका नेता र कार्यकर्ता कसैको दास नभएको पनि स्पष्ट पार्दै पार्टीभित्रको निर्णय प्रक्रियामा स्वतन्त्रता र विचारको सम्मान आवश्यक रहेको बताए । उनले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका छन्। ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्,’  थापाले भने। 

उनले आजदेखि कांग्रेसको पुरानो पद्धति भत्किएको उनले घोषणा गरे। ‘आजबाट भत्कियो, अब कसैले पार्टीको सदस्यलाई हेप्न सक्दैन,’ थापाले भने, ‘अब तल बसेको सदस्यलाई माथि बसेकाले निहुरिएर नमस्ते गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ।’