कांग्रेसको महाधिवेशनमा संवाद असफल, थापा र शर्मासँग छलफल हुन सकेन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भए पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षसँग सभापति शेरबहादुर देउवा पक्षको संवाद प्रयास असफल भएको छ।
सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलको जिम्मेवारी दिइएको थियो। तर खड्का र लेखकले पटक–पटक पहल गरे पनि अहिलेसम्म ठोस छलफल हुन सकेको छैन।
भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री शर्मा उपस्थित भइसकेका छन्, तर गगन थापा अझै महाधिवेशनस्थलमा पुगेका छैनन्। यसले पार्टी भित्रको आन्तरिक मतभेद अझ स्पष्ट बनाएको छ।












