नेपाली कांग्रेसमा विभाजनको प्रयास, देउवा भन्छन् “पार्टी फुट्दैन”

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसमा विभाजनको प्रयास, देउवा भन्छन् “पार्टी फुट्दैन”

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले पार्टी फुटाउने प्रयास भए पनि पार्टी अटुट रहने बताएका छन्।

आज बिहान आफूसँग भेट गर्न आएका नेताहरूलाई सम्बोधन गर्दै देउवाले भने, “पार्टी फोड्ने प्रयास भए पनि पार्टी फुट्दैन, म विश्वस्त छु।” उनले विशेष महाधिवेशन वैधानिक नभएको र आवश्यक निर्णय बन्दसत्रको निर्णय अनुसार लिने बताए। आज बिहान केही संस्थापन पक्षका नेताहरू पनि देउवालाई भेट्न आएका थिए।

यसैबीच, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ। आयोजकहरूले यसमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरेका छन्। पार्टीभित्रको यो विवादले आगामी दिनहरूमा नेपाली कांग्रेसको आन्तरिक स्थिरतामा चुनौती ल्याउने संकेत गरेको छ।