नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु, खड्काले बन्दसत्रको अध्यक्षता गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु, खड्काले बन्दसत्रको अध्यक्षता गर्ने

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज भृकुटीमण्डपमा सुरु भएको छ ।

महाधिवेशनको बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने भएका छन्। प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार, बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन्।

बन्दसत्रमा पार्टीको नीतिगत तथा संगठनात्मक प्रतिवेदनहरू पेस गरिने छन्। महाधिवेशन महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको हो र आयोजकहरूले २६०० भन्दा बढी प्रतिनिधिहरूले नाम दर्ता गरेको दाबी गरेका छन्।