जीवन परियारको पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको प्रस्ताव
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको विषम परिस्थितिलाई ध्यानमा राख्दै विशेष महाधिवेशन आह्वान गर्न प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको माग वृद्धि भएको भन्दै तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए।
पार्टीको नेतृत्व परिवर्तन र पुनर्गठनका लागि परियारले पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने विचार राखेका छन्। उनले जनआन्दोलनमा सहादत प्राप्त शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टी सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
साथै, उनले आगजनी र तोडफोडका कारण भएको राष्ट्रिय क्षतिमा सरकारको तत्काल हस्तक्षेप आवश्यक भएको उल्लेख गर्दै पुनर्निर्माणका लागि एक राष्ट्रिय विपद् कोष गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।







