विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने

User Image Prime TV News २ दिन अगाडि
Image of विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन बाट पार्टीको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने भएको छ।

महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनदेखि विधान संशोधनसम्म गर्ने व्यवस्था राखिएको छ। यस कार्यविधिअनुसार, कांग्रेसको चौधौं महाधिवेशनपछिका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समिति विघटन हुनेछन्।

त्यसपछि संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गरी केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिनेछ। निर्वाचनसम्बन्धी व्यवस्था अनुसार, नियमित महाधिवेशन नभएसम्म महाधिवेशन प्रतिनिधिहरूले विधान अनुसार केन्द्रीय कार्यसमितिको चयन गर्न सक्नेछन्।

यसरी चयन हुने समिति सभापति सहितको केन्द्रीय समिति आगामी वैशाखमा हुने नियमित महाधिवेशनसम्म पार्टी सञ्चालन गर्नेछ। कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम सातामा आयोजना हुने तय भएको छ।