नेपाली कांग्रेस बदलिन तयार, महामन्त्री शर्माले पेश गरे नयाँ प्रस्ताव (पूर्णपाठ सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेस बदलिन तयार, महामन्त्री शर्माले पेश गरे नयाँ प्रस्ताव (पूर्णपाठ सहित)

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको भविष्य र सुधारको दिशामा नयाँ प्रस्ताव पेश गरेका छन्।

‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रस्तावमा उनले पार्टीभित्र नयाँ आत्मविश्वास भर्ने र समाजमा विश्वास जागृत गर्ने लक्ष्य राखिएको बताएका छन्। बन्दसत्रमा शर्माले भने, “यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ, अर्कातर्फ समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेछ। विश्वास र आत्मविश्वासको यो अठोट नै हाम्रो प्रधान कार्यभार हो।”

प्रस्तावमा उनले पार्टीलाई नयाँ आवश्यकताअनुरूप रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। शर्मा अनुसार, “जो बदलिन सक्छ, उसैले बदल्न सक्छ। देशको समयलाई कुनै वेला कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समय अनुकूल कांग्रेसले आफूलाई बदल्नुछ। हामी कांग्रेसलाई रिबिल्डिङ र रिब्रान्डिङ गर्नेछौँ।”

शर्माको प्रस्तावले कांग्रेसलाई केवल आन्तरिक सुधारमा मात्र सीमित नभई, देशका बदलिँदो परिस्थितिमा आफूलाई उपयुक्त बनाउने बाटो देखाएको दावी गरेका छन् ।