नेपाली कांग्रेसले फागुनको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले आगामी निर्वाचनका लागि गठबन्धन नगर्ने प्रस्तावलाई ध्वनि मतबाट पारित गरेको हो। बन्दसत्रमा सहभागी नेताले जानकारी दिएअनुसार, आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागिरहेको अवस्थालाई ध्यानमा राखेर पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको हो।
विशेष महाधिवेशनले पार्टीको आगामी निर्वाचन रणनीति स्पष्ट गर्दै स्वतन्त्र रुपमा चुनाव लड्ने प्रतिबद्धता औपचारिक रूपमा व्यक्त गरेको छ।












