निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सकिँदैनः गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सकिँदैनः गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन अवैधानिक नभएको बताएका छन्।

सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले निर्वाचन आयोगले यसलाई अवैधानिक ठहर गर्न नसक्ने जिकिर गरेका हुन्। गगन थापाले भने, “नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार निर्वाचन आयोगले पारित गरेको कांग्रेस विधान अनुसार, विशेष महाधिवेशन अवैधानिक भन्न सकिँदैन।”

कांग्रेस विधानको धारा १७, उपधारा २ अनुसार, यदि महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले हस्ताक्षर सहित निवेदन दिएको खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यसैअनुरूप, असोज २८ मा ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन कांग्रेस केन्द्रीय कार्यालयमा पेश गरिएको थियो।