सरकारले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले यस सिफारिसलाई औपचारिक रुपमा अनुमोदन गरेको हो।
सरकारको सिफारिसपछि राष्ट्रपतिले संविधानअनुसार अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रयोग गर्नेछन्। यो अधिवेशन जेनजी आन्दोलन पछि बस्ने पहिलो राष्ट्रिय सभाको बैठक हुनेछ। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भएको थियो र प्रतिनिधिसभा विघटन गरिएको थियो।
त्यसैअनुसार, अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिसकेका थिए। जेनजी आन्दोलनका कारण नयाँ वानेश्वरस्थित संसद भवन जलेको हुँदा सरकारले सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई वैकल्पिक स्थान बनाएर अधिवेशन बसाउने तयारी गरेको छ।












