महामन्त्रीका प्रतिवेदनमै अल्झियो कांग्रेस विशेष महाधिवेशन, बन्द सत्र मंगलबार सम्म

User Image Prime TV News २ दिन अगाडि
Image of महामन्त्रीका प्रतिवेदनमै अल्झियो कांग्रेस विशेष महाधिवेशन, बन्द सत्र मंगलबार सम्म

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र मंगलबारसम्म लम्बिने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि सहमति जुट्न नसकेपछि महाधिवेशन निर्धारित समयमै टुंगिन सकेको छैन।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईँका अनुसार प्रतिवेदनमाथिको छलफल अझै घनिभूत रूपमा चलिरहेको छ र यो क्रम मंगलबार पनि निरन्तर रहनेछ। उनका अनुसार छलफल टुंगिएपछि मात्र नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ।

महाधिवेशनको बन्द सत्रमा पार्टीको आगामी कार्यदिशा, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा प्रतिनिधिहरूबीच गहन बहस भइरहेको छ। महामन्त्रीद्वयका प्रतिवेदनलाई लिएर फरक–फरक धारणा आएपछि सहमति जुटाउन समय लागेको नेताहरूको भनाइ छ।

मंगलबारदेखि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएसँगै विशेष महाधिवेशनले कांग्रेसको भावी नेतृत्व र राजनीतिक रणनीतिमा महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ।