कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, विशेष महाधिवेशनबीच सानेपामा छलफल हुँदै

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, विशेष महाधिवेशनबीच सानेपामा छलफल हुँदै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहेकै बेला केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

पार्टीभित्र विशेष महाधिवेशनको वैधता, नेतृत्वको भूमिकालगायत विषयमा तीव्र मतभेद रहँदै आएको अवस्थामा यो बैठकलाई चासोका साथ हेरिएको छ। बैठकमा विशेष महाधिवेशनसँग सम्बन्धित विषयहरू, पार्टीको समसामयिक राजनीतिक रणनीति र संगठनात्मक अवस्थाबारे छलफल तथा निर्णय हुने बुझिएको छ।

तर विशेष महाधिवेशनलाई संस्थापन पक्षले मान्यता नदिएको सन्दर्भमा केन्द्रीय कार्यसमिति बैठकले स्पष्ट र ठोस निर्णय लिन नसके कांग्रेसभित्रको विवाद झनै चर्किने देखिन्छ।