सुनचाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान, मंगलबार सुन तोलामा २ लाख ७६ हजार नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो।
सोमबारकै मूल्य पनि रेकर्ड मानिए पनि मंगलबार पुनः वृद्धि भएसँगै सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको महासंघले जनाएको छ। हालको मूल्यअनुसार १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदीको मूल्य तोलामा ५ हजार १९५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्नु, डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण पछिल्लो समय नेपाली बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।













