कांग्रेस विशेष महाधिवेशनको पहिलो चरणको वार्ता निष्कर्षविहीन

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस विशेष महाधिवेशनको पहिलो चरणको वार्ता निष्कर्षविहीन

काठमाडौ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मागलाई लिएर भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन रूपमा सकिएको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच भएको छलफलमा दुवै पक्षले आफ्नो–आफ्नो प्रस्ताव राखेका भए पनि सहमति जुटाउन सकेनन्।

विशेष महाधिवेशन पक्षधर मधु आचार्यका अनुसार, “पहिलो चरणको वार्तामा कुनै सहमति जुट्न सकेन। अब दोस्रो चरणको वार्तामा बस्ने वा नबस्ने निर्णय नेताहरूसँगको परामर्शपछि टुंगो लाग्नेछ।” वार्तामा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्यसहित गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए।

संस्थापन पक्ष तथा शेखर कोइरालाको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी थिए। संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशन पक्षधरको अस्वाभाविक मागका कारण वार्ताबाट तत्काल समाधान निकाल्न कठिन भएको बताएका छन्।

दुवै पक्ष सहमतिमा पुग्न अझै थप छलफल आवश्यक रहेको बुझाइमा छन्।