नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको तयारी अघि बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले कार्यतालिका सार्वजनिक गर्दै आगामी निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिएका छन्। पाँच सदस्यीय समितिको बैठकले यो निर्णय गरेको हो।
यसअघि खम्बबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी सीताराम केसीको नेतृत्वमा नयाँ समिति मंगलबार बिहान गठन गरिएको छ। आगामी निर्वाचन केन्द्रीय समितिका लागि हुने बताइएको छ। केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको छ ।
मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ। जस अनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
२ देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ। अन्तिम नामावली ८:४५ बजे प्रकाशन गर्ने र राति ९ बजेदेखि मतदान हुने तालिकामा उल्लेख छ।













