नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालले लिए शपथ

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालले लिए शपथ

काठमाडौ । नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शपथ जेष्ठ सदस्य नन्दकुमार प्रसाईको उपस्थितिमा उनीहरुले सपथ लिएका हुन् । 

शपथ लिँदा उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढतापूर्वक अनुसरण गर्ने, पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक जीवन यापन गर्ने, साथै प्रतिक्रियावादी शक्ति र गलत व्यवहारको विरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

नवगठित पार्टीको गठन तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकताबाट भएको हो। शपथ ग्रहण समारोहमा जेष्ठ सदस्य प्रसाईले संयोजक र सहसंयोजकलाई परिचयपत्र पनि हस्तान्तरण गरेका छन्। पार्टीले  २४९९ केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने तयारी गरेको छ।