मानव बेचबिखनविरुद्ध राष्ट्रिय नीति २०८२ स्वीकृत, राष्ट्रियसभा अधिवेशन माघ ४ गतेदेखि

User Image Prime TV News एक दिन अगाडि
Image of मानव बेचबिखनविरुद्ध राष्ट्रिय नीति २०८२ स्वीकृत, राष्ट्रियसभा अधिवेशन माघ ४ गतेदेखि

काठानडौ । सरकारले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ।

पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले माघ ४ गते बिहान ११ बजे संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने निर्णय पनि गरिएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, कानुन समूहअन्तर्गतका राजपत्रांकित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको छ। साथै सोही सेवाका राजपत्रांकित द्वितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्रांकित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताए।

त्यसैगरी, आगामी २०८२ माघ २६ देखि २८ गतेसम्म इटालीको रोममा आयोजना हुने ४९औँ सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारले स्वीकृत गरेको मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ ले मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।