कांग्रेस नेता चन्द्र भण्डारीले भृकुटीमण्डपको विशेष महाधिवेशन छाडे

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस नेता चन्द्र भण्डारीले भृकुटीमण्डपको विशेष महाधिवेशन छाडे

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले मंगलबार दिउँसो पार्टीको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप छाडेका छन्।

उनी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सानेपा पुगेका थिए। सानेपाबाटै चन्द्र भण्डारीले स्पष्ट पारेका छन् कि उनी पार्टी फुटाउने अभियानमा सामेल छैनन् र अब महाधिवेशनस्थलमा फर्कने छैनन्।

भृकुटीमण्डपमा आइतबार देखि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन जारी छ। तर, पार्टीको संस्थापन पक्षले यो महाधिवेशन स्वीकृत गरेको छैन।