संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुन्थ्योः सभामुख घिमिरे


प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका छन् । सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरिक्षण गरेका थिए ।
निरिक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुःखद् भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सवैको दायित्व भएको भन्दै सभामुख घिमिरेले संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।
उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सवै समस्याको समाधान गर्नेगरि अघि बढनुपर्ने सुझाव समेत दिए । जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी हुदाँ पूर्णरुपमा जलेको छ । सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद भवनबाट बैठक सञ्चालन हुने गरि तयारी गरेको छ ।