नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मतदान भोली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आगामी मतदान आज नहुने भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिँदै आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको बताए। यससँगै, अबको निर्वाचन प्रक्रिया केही समयका लागि स्थगित गरिएको छ र परिमार्जित कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ।
"आजको लागि मतदानको कार्यक्रम स्थगित गरिएको छ, र उम्मेदवारी दर्ताको समय थप गरिएको छ। अब यसका आधारमा आगामी कार्यक्रमहरू अघि बढ्नेछन्," केसीले भने। विशेष महाधिवेशन भने आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो।
यस महाधिवेशनको मुख्य उद्देश्य पार्टीको नेतृत्व चयन गर्नु रहेको छ, जसमा अध्यक्ष, उपाध्यक्ष र अन्य पदहरूको लागि प्रतिस्पर्धा हुने बताईएको छ । अध्यक्ष पदका लागि प्रमुख उम्मेदवारहरू सँगसँगै अन्य पदीय उम्मेदवारहरूको सूची पनि आजको उम्मेदवारी दर्तामा थपिने अनुमान गरिएको छ।












