कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, नेतृत्वको असफलताले पार्टी बन्धक

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, नेतृत्वको असफलताले पार्टी बन्धक

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बिहान बस्दैछ। मंगलबार बस्नुपर्ने बैठक आन्तरिक किचलोका कारण दिनभर सारिँदै अन्ततः स्थगित भएको थियो। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ। बैठकमा विशेष गरि विशेष महाधिवेशनका बिषयमा केन्द्रित रहने बताइएको छ । 

विशेष महाधिवेशनको पक्ष र संस्थापन पक्षबीच मंगलबार दिनभर चलेको वार्ताले कुनै ठोस नतिजा दिन सकेन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति बैठकमा नआउने बताएका छन् ।