सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट

User Image Prime TV News २३ घण्टा अगाडि
Image of सिन्धुलीमा  नेपाल एसबीआई बैंक लुटपाट

सिन्धुली । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटपाट भएको छ ।

काभ्रेको बनेपाबाट आएका ६ जनाको नकाबधारी समूहले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गर्दै ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएका छन्।

घटना मंगलबार साँझ करिब ७ बजे भएको हो। नकाबधारी लुटेराहरूले कुनै ठूलो प्रतिरोध नपाउँदै बैंकको सेफ तोडे र रकम बोकेर भागेका थिए । 

घटनापछि खोजतलासमा जुटेको प्रहरीले नजिकैको जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटमा प्रयोग गरिएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

चालक बनेपाका हुन् र सबै लुटेरा पनि बनेपाबाटै आएको खुलेको छ।