कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवाको निवासमा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवाको निवास महाराजगन्ज पुगेको छ।
टोलीले वार्ताका क्रममा भएका प्रगति र समझदारीहरू कार्यान्वयन तथा सहजीकरणका विषयमा सभापति देउवालाई ब्रिफिङ गर्ने जनाएको छ। यसअघि आज बिहान पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच सभापति देउवासँग छलफल भएको थियो।
छलफल सकेर उनीहरू बाहिरिइसकेपछि लगत्तै त्रिपक्षीय वार्ता टोली देउवा निवास पुगेको हो।












