सुन र चाँदीको मूल्य निरन्तर उकालो, बुधबार फेरि कायम भयो नयाँ उच्च स्तर

User Image Prime TV News एक महिना अगाडि
Image of सुन र चाँदीको मूल्य निरन्तर उकालो, बुधबार फेरि कायम भयो नयाँ उच्च स्तर

काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ।

पछिल्ला केही दिनयता बढ्दो क्रममा रहेको बहुमूल्य धातुको मूल्य बुधबार पनि अघिल्लो दिनको उच्च दर नाघ्दै नयाँ विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा समेत उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी एकैदिन प्रतितोला ३१५ रुपैयाँले बढ्दै ५ हजार ६५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो। लगातार बढ्दो मूल्यका कारण गहना खरिद गर्ने उपभोक्ता संख्या घट्दै गएको भए पनि लगानी प्रयोजनका लागि सुनप्रति चासो भने कायम रहेको बताइन्छ।