शान्ति र स्थिरताका लागि भारतको निरन्तर सहयोगको प्रतिबद्धताः भारतीय प्रधानमन्त्री मोदी

User Image Prime TV News २ हप्ता अगाडि
Image of शान्ति र स्थिरताका लागि भारतको निरन्तर सहयोगको प्रतिबद्धताः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौ । नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ। कुराकानीमा मोदीले कार्की नेतृत्वको सरकारलाई नेपालमा शान्ति र स्थिरता सुनिश्चित गर्नकालागि भारतको निरन्तर सहयोगको प्रतिवद्धता जनाएका छन्।

उनले ट्विटरमार्फत यस विषयमा जानकारी दिनुका साथै, नेपालको राजनीतिक अवस्थामा शान्ति र स्थिरता ल्याउनका लागि कार्कीको प्रयासमा भारतको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। यसअघि, सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त भएपछि मोदीले उनलाई बधाई दिएका थिए । आजको टेलिफोन संवादलाई उनले आत्मीय र सकारात्मक प्रतिक्रिया दिएका छन्।

मोदीले जेनजी आन्दोलनका कारण हालैका घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारसँग समवेदना प्रकट गरेका छन् । नेपालको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा, मोदीले सम्पूर्ण नेपाली जनतालाई शुभकामना पनि दिएका छन्।