कांग्रेस महाधिवेशनः सभापतिमा गगन थापाको एकल उमेदवारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भृकृटीमण्डपमा जारी नेपाली कांग्रेसको महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उमेदवारी परेको छ।
स्रोतका अनुसार निर्धारित समयभित्र अन्य कुनै नेताले सभापति पदमा मनोनयन दर्ता गराएका छैनन्। निर्वाचन समितिले आज बिहान ११ः१५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो। उक्त समयसीमाभित्र थापाबाहेक अरूको उमेदवारी नपरेको समितिले जनाएको छ।
महाधिवेशनको कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म सभापति पदका उमेदवारहरूको नामावली सार्वजनिक गरिने छ। एकल उमेदवारी परेपछि गगन थापा निर्विरोध निर्वाचित हुने सम्भावना प्रबल देखिएको छ।
महाधिवेशनस्थलमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ भने नेतृत्व चयनलाई लिएर उत्साहपूर्ण वातावरण देखिएको छ। सभापति चयनसँगै कांग्रेसको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नीतिगत सुधारका विषयमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।













