कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता सकियो, उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने
Prime TV News २१ घण्टा अगाडि 
काठमाडौ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवारहरूको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने छ।
केसीले बताए अनुसार, नामावलीमार्फत मात्र कसले कुन पदका लागि उम्मेदवारी दिएका छन् भन्ने जानकारी उपलब्ध हुने बताईको छ। हाल महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा रहेको जानकारी पनि उनले दिएका छन्।
महाधिवेशनमा भोटिङ हुने पदहरूको मतदान विद्युतीय प्रणालीमार्फत हुनेछ। मनोनयन पत्र दर्ताको समय आज बिहान ११:१५ सम्म तोकिएको थियो। यससँगै पार्टी नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ र उम्मेदवारहरूको नामावली सार्वजनिक भएपछिका गतिविधिहरूमा सबैको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।












