नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन: महामन्त्रीमा शर्मा र पौडेलबीच प्रतिस्पर्धा

User Image Prime TV News १९ घण्टा अगाडि
Image of नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन: महामन्त्रीमा शर्मा र पौडेलबीच प्रतिस्पर्धा

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको छ। महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन्।

सभापतिमा भने गगन थापाको मात्र एकल उम्मेदवारी परेको छ। बुधबार बिहान थापा र महामन्त्री उम्मेदवार शर्मा शेरबहादुर देउवासँग सहमतिका लागि वार्ता गरेका थिए, तर वार्ता सफल हुन सकेन।वार्ता असफल भएपछि, दुई महामन्त्री उम्मेदवारहरु कानुनविद्हरूसँग परामर्शमा छन्।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार, दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरिने छ। महाधिवेशनको परिणाम नेपाली कांग्रेसको नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिका लागि महत्वपूर्ण हुने अनुमान गरिएको छ।