नेपाली कांग्रेसमा आन्तरिक टकराव: देउवा समूहले विशेष महाधिवेशन पक्षधर नेतामाथि कारबाहीको तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद अझ गहिरिँदै गएको छ। पार्टीले विशेष महाधिवेशनको पक्षधर नेता गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई कारबाही गर्ने तयारी गरिरहेको छ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, पार्टी विभाजनको आरोपमा कारबाही हुने सम्भावना उच्च छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आज निर्णयमा पुग्ने संकेत दिएका छन्। सानेपामा खड्काले भने, “हिजोजस्तो भेला भएर मात्र बस्ने अवस्था छैन, आज हामी एउटा निर्णायक कदम चाल्नेछौँ।” उनले थपे, “अब फुटको संघारमा पार्टी पुगेको छ। निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्दा उहाँहरुले मान्नुभएन। आज हामी चुपचाप बस्ने स्थिति होइन; केही निर्णय अवश्य हुनेछ।”
विश्लेषकहरूले यो कदमले नेपाली कांग्रेस भित्रको गुटबन्दीलाई अझ उक्साउने र आगामी समयमा पार्टीको एकता परीक्षणमा पर्ने संकेत दिएको टिप्पणी गरेका छन्।













