खड्का र शर्मा छलफल: कांग्रेसमा सहमति खोज्ने प्रयास तिव्र

User Image Prime TV News १९ घण्टा अगाडि
Image of खड्का र शर्मा छलफल: कांग्रेसमा सहमति खोज्ने प्रयास तिव्र

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माबीच नयाँ सहमतिका प्रस्तावमा छलफल भइरहेको छ।

सानेपास्थित कार्यकक्षमा महामन्त्री शर्माले पठाएको प्रस्तावमाथि चर्चा भइरहेको एक नेताले पुष्टि गरे। ‘सहमतिका लागि नयाँ प्रस्ताव आएको छ, त्यसमाथि कुरा भइरहेको छ,’ नेताले बताए। अघिल्लो चरणमा सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई विश्राम लिन आग्रह गरेका थिए।

उनीहरूको माग अनुसार, आउँदो प्रतिनिधि सभाको निर्वाचनमा टिकट वितरण कार्यवाहक सभापतिको हस्ताक्षरमा आधारित हुने व्यवस्था मिलाउनुपर्ने थियो। साथै, देउवाले आगामी चुनावमा उम्मेदवार नबन्ने र विशेष महाधिवेशनका निर्णयलाई मान्यता दिने विषयमा पनि छलफल भएको थियो।

देउवाले वैशाखमा हुने १५औँ महाधिवेशनपछि पदबाट स्वतः बाहिरिने भएकाले तीन महिना कुर्न आग्रह गरेका थिए, तर चुनाव नलड्ने विषयमा कुनै स्पष्ट जवाफ दिएका छैनन्। संस्थापन पक्षले अन्य माग पूरा गर्न केही लचकता देखाएको छ।

आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा पनि लचक हुने संकेत गरिएको छ।