स्वजागरणलाई दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्यः प्रधानमन्त्री कार्की
Prime TV News १९ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको बताएकी छन् ।
सिंहदरबारमा आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा प्रधानमन्त्री काकीृले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
नेपालका विविध सामाजिक राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्कीले स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँने भएकाले यसको महत्व धेरै रहेको उल्लेख गरिन् ।












