प्रचण्डको राजीनामा माग्नु हताशको संकेतः उपमहासचिव गजुरेल

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रचण्डको राजीनामा माग्नु हताशको संकेतः उपमहासचिव गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नुलाई हताशाको संकेतको रूपमा व्याख्या गरेका छन्।

उनले नेताहरूको मानसिक पीडा र चुनौतीहरूलाई सडकमा बाहिर आउँदैमा तात्कालिक प्रचण्डको राजीनामा माग्नु उचित नहुने बताएका हुन् । उनले पार्टी  भित्री छलफल र सहमति मार्फत निर्णय लिनु पर्ने बताएका छन् ।

गजुरेलले आफ्नो सामाजिक सञ्जालमार्फतमा लेख्दै भनेका छन् "प्रचण्डजस्तो नेताको योगदान र संघर्षको मूल्यांकन गर्दा उहाँका सीमाहरू देखिन्छन्, तर मानसिक पीडामा रहेका नेतासँग सडकबाट राजीनामा माग्नु मात्र इगोको जड हो, जसले विधि र मानवियतासम्मको उल्लंघन गर्न सक्छ।"

जेनजी आन्दोलन पछि माओवादी पार्टी भित्र पनि नेतृत्व परिवर्तनको बहस उठि रहेको छ । उपमहासचिव जनार्दन शर्मा लगाएतका केही नेताहरुले प्रचण्डको राजीनामा माग गरेका छन् ।