कांग्रेसको दोस्रो विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधित, मतदान बुधबार राति ८ बजे सुरु

User Image Prime TV News १८ घण्टा अगाडि
Image of कांग्रेसको दोस्रो विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधित, मतदान बुधबार राति ८ बजे सुरु

काठमाडौ । भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए अनुसार, बुधबार राति ८ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ। यसअघि आएको विरोधको छानबिनपछि ५ बजे नयाँ नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता फिर्ता गर्ने अन्तिम समय ५:३५ बजेसम्म पूरा गर्नुपर्ने छ भने, ६ बजेसम्म अन्य औपचारिकताहरू सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको छ। ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।  निर्वाचन समितिले महाधिवेशनको सम्पूर्ण प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित हुने दाबी गरेको छ।