रास्वपाले समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटायो, भूराजनीतिक दबाब कारण बन्यो विवाद

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटायो, भूराजनीतिक दबाब कारण बन्यो विवाद

काठमाडौ । समानुपातिक निर्वाचन सूचीमा स्थान पाएकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम राष्ट्रिय स्वतन्त्र पार्टीले हटाएको पुष्टि निर्वाचन आयोगले गरेको छ।

टासीको नाम सूचीको माथिल्लो स्थानमा रहँदा समेत उनको सहमति बिना नाम हटाइएको हो। पार्टीका अनुसार, नाम हटाउने निर्णय भूराजनीतिक चासोका कारण गरिएको हो। चिनियाँ पक्षले टासीको संलग्नताले दुईदेशीय सम्बन्धमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको थियो।

तत्कालीन चिनियाँ राजदूत चेन सोङले त्यसबेलामा प्रधानमन्त्री सुशीला कार्की लगायतका मन्त्रीसँग टासीको नामबारे छलफल पनि गरेका थिए। टासी हिमाली क्षेत्रको पर्यावरण, संस्कृति र सामाजिक अध्ययनमा अध्येता हुन्। उनी जेनजी आन्दोलनपछि रास्वपा प्रवेश गरेकी थिइन्।

यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेका बेला उनको नाम सूचीमा अघि थियो। तर पार्टीभित्र केही केन्द्रीय नेताहरूले टासीको नाम हल्लाको भरमा काटिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले टासीमाथि अन्याय भएको भन्दै आवाज उठाउने जानकारी दिएका छन्।