धेरै प्रयास र लचकता अपनाउँदा पनि समस्या समाधान हुन सकेनः रमेश लेखक

User Image Prime TV News १६ घण्टा अगाडि
Image of धेरै प्रयास र लचकता अपनाउँदा पनि समस्या समाधान हुन सकेनः रमेश लेखक

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र संस्थापन समूहबीच जारी विवाद अझै समाधान हुन सकेको छैन।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य रमेश लेखकले भने, “धेरै प्रयास र लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान नभएको छ। छलफलले सफलता पाएको छैन।” पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनतर्फ लागेका छन् भने, संस्थापन समूह पार्टी विभाजनको सम्भावना बढ्दै गएको भन्दै संवादमा जुटेको छ।

संस्थापन, विशेष महाधिवेशन र शेखर कोइराला समूहका प्रतिनिधिहरू पटकपटक बैठक बसे पनि सभापतिको बहिर्गमन जस्ता संवेदनशील विषयमा सहमति जुटाउन सकिएको छैन। राजनीतिक विश्लेषकहरूले कांग्रेस अहिले फुटनजिक पुगेको संकेत देखिएको टिप्पणी गरेका छन्।