नेपाली कांग्रेसले गर्यो महामन्त्री थापा र शर्मालाई ५ वर्षकोलागि कारबाही

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसले गर्यो महामन्त्री थापा र शर्मालाई ५ वर्षकोलागि कारबाही

काठमाडौ । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो। पार्टीको निर्णयअनुसार, केन्द्रीय समितिको बैठकले पुसमा नियमित महाधिवेशन सम्भव नभएपछि वैशाखमा महाधिवेशन गर्ने सहमति गरेको थियो। तर, थापा र शर्माले उक्त निर्णयमा फरक मत राख्दै पार्टीको प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनको आह्वान गरेका थिए।

महामन्त्रीद्वयले बन्द सत्रको हलले गरेको निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। यस क्रममा, सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ भने अन्य पदाधिकारीहरूको मनोनयन पनि सम्पन्न भएको छ।

पार्टी विभाजन रोक्न विभिन्न चरणमा छलफल भए पनि मंगलबार र आज बिहानसम्मको बैठकले विवाद समाधान गर्न सकेन। यस घटनाले नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्ष बीचको तनावलाई थप उग्र बनाएको छ।