कारबाहीपछि पनि बन्दसत्र हल पुगे गगन थापा, आधिकारिकता आफ्नो दाबी

User Image Prime TV News एक महिना अगाडि
Image of कारबाहीपछि पनि बन्दसत्र हल पुगे गगन थापा, आधिकारिकता आफ्नो दाबी

काठमाडौ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नाटकीय घटनाक्रम देखिएको छ।

महामन्त्री पदबाट कारबाहीमा परेका गगन थापा पार्टीको बन्दसत्र हलभित्र प्रवेश गरेका छन्। देउवा पक्षले थापालाई पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्ने निर्णय सार्वजनिक गरेको केही समयमै उनी बन्दसत्र हलमा पुगेका हुन्। कारबाहीको निर्णयले महाधिवेशनस्थलमा थप तनाव र उत्सुकता पैदा गरेको छ।

बन्दसत्रमा प्रवेश गरेपछि थापाले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरे। उनले पार्टीभित्रको विवाद विधान र लोकतान्त्रिक मूल्यका आधारमा टुंगिनुपर्ने धारणा व्यक्त गरेका छन्।

विशेष महाधिवेशन चलिरहेकै बेला शीर्ष नेतामाथि कारबाही र त्यसपछि उनको प्रत्यक्ष उपस्थितिले कांग्रेसभित्रको शक्ति संघर्ष झनै चर्किएको संकेत गरेको छ।