प्रधानमन्त्री र चिनियाँ राजदूत बिच भेट

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री र चिनियाँ राजदूत बिच भेट

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ विच भेटवार्ता भएको छ । भेटमा, चिनियाँ राजदूतले नेपाललाई छिमेकी देशको नाताले हरेक प्रकारको सहयोग प्रदान गर्न चीन तयार रहेको धारणा व्यक्त गरेका छन् ।

उनले नेपालका जनताले गरेको आन्दोलनको स्वागत गर्दै गरे ।  प्रधानमन्त्री कार्कीले भने नेपाल चीनसँग सहकार्य गर्न इच्छुक रहेको र यस समयमा आवश्यक सहयोगको अपेक्षासमेत व्यक्त गरिन् । यसअघि, मंगलवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री कार्कीले आजै भारतीय समकक्षी नरेन्द्र मोदी संग फोनवार्ता गरेकी थिइन्।