कांग्रेसको नेतृत्व अब गगन थापाले मात्रै गर्न सक्छन्ः सहमहामन्त्री फरमुल्लाह मन्सुर
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको देउवा पक्षबाट कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्र बहुमत नेता कार्यकर्ताको वेगलाई कुनै पनि निर्णयले रोक्न नसक्ने बताएका छन्का
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आगामी नेतृत्व गगनकुमार थापाले मात्र गर्न सक्ने दाबी गरे। मन्सुरले पार्टीमा देखिएको जनचाहना र कार्यकर्ताको बहुमत भावना परिवर्तन गर्न अब सम्भव नरहेको उल्लेख गरे। “कांग्रेसको वेगलाई, बहुमत नेता–कार्यकर्ताको बेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन,” उनले भने, “यहाँ विशेष महाधिवेशन चलिरहेको छ, केहीबेरमै नयाँ कार्यसमिति चयन हुन्छ।”
उनले वर्तमान महाधिवेशन नै पार्टीको वैधानिक निर्णय गर्ने सर्वोच्च निकाय भएको दाबी गर्दै अन्य कुनै संरचनाले कांग्रेसको नेतृत्व गर्न नसक्ने स्पष्ट पारे। “अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस्,” मन्सुरले भने।
विशेष महाधिवेशनमार्फत पार्टीको नयाँ दिशा तय हुने र नेतृत्वमा परिवर्तन अनिवार्य भएको सन्देश उनले कार्यकर्तामाझ दिएका छन्।












