नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल विच एकता
Prime TV News १४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो । पार्टी समायोजनका क्रममा दुईपक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सहमतिपत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका थिए । दुईपक्षबीच शासकीय स्वरुप निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको छ ।
त्यस्तै गैरन्यायीक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ भने सहकारी पीडित समाधानसम्बन्धी बिभिन्न बुँदामा सहमति भएको छ । सहमतिपत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिवद्ध रहेको सहमतिपत्रमा उल्लेख छ ।













