विशेष महाधिवेशनबाट मन्सुर उपसभापतिमा निर्वाचित

User Image Prime TV News ११ घण्टा अगाडि
Image of विशेष महाधिवेशनबाट मन्सुर उपसभापतिमा निर्वाचित

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले फरमुल्लाह मन्सुरलाई पार्टीको उपसभापतिमा चयन गरेको छ। कांग्रेसका दुई उपसभापतिमध्ये एक पदमा मन्सुरको नाम टुंगो लागेको हो।

उपसभापति चयनको जानकारी नेता अजयबाबु सिवाकोटीले दिएका छन्। उनका अनुसार बाँकी एक उपसभापतिका लागि नेताहरूबीच अझै छलफल जारी छ। सो छलफलको नेतृत्व महामन्त्री गगन थापाले गरिरहेका छन्।

सिवाकोटीका अनुसार विश्वप्रकाश शर्माले कुनै पद लिन रुचि नदेखाए पनि गगन थापाले उनलाई उपसभापतिमा बस्न आग्रह गरिरहेका छन्। तर पार्टीभित्र स्पष्ट सहमति नजुट्दा दोस्रो उपसभापतिको टुंगो लाग्न सकेको छैन।

फरमुल्लाह मन्सुर यसअघि कांग्रेसका सहमहामन्त्री थिए र १४औँ महाधिवेशनबाट निर्वाचित भएका थिए। तर विशेष महाधिवेशनकै दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ।